हिमाल दैनिक
राजकुमारी एस्ट्रिड र उपप्रधानमन्त्री पोखरेलबीच भेटघाट
london princess-pokhrel
सातदिने नेपाल भ्रमणमा रहेकी बेल्जियमका राजकुमारी एस्ट्रिडले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेकी छिन् । सिंहदरबारमा भएको भेटमा दुईपक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो । सो क्रममा राजकुमारी एस्ट्रिडले नेपालको ऐतिहासिक क्षेत्रको प्रसंसा गरेकी थिइन् । त्यस्तै रक्षामन्त्री पोखरेलले भिजिट २०२० का बारेमा जानकारी गराएका थिए। राजकुमारी अस्ट्रिडलाई पोखरेलले मायाको चिनो हस्तान्तरण गरेका थिए । प्रतिनिधिमण्डलमा बेल्जियमका राजदूत एवं सल्लाहकार जान माथिसेन, सञ्चार तथा कोष वृद्धि प्रमुख इल्से इरिगर्स, निजी सचिव जिन यिभ्स बर्लिमोन्ट, डेमियन फाउन्डेशनका डा जिन पिरेरे बारोन स्किनकेलर्स लगाएत थिए ।
प्रकाशित मिति: शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update