नेपाल भ्रमणमा रहनुभएकी बेल्जियमकी अधिराजकुमारी अस्ट्रिडले भक्तपुरका सम्पदाहरुको अवलोकन गरेकी छिन् ।
एक साता लामो भ्रमणमा रहेकी अष्ट्रिडले भक्तपुरका विश्वसम्पदा सूचिमा सूचिकृत दरवारस्क्वायर क्षेत्र, पाँचतले मन्दिरलगायतका सम्पदाहरुको अवलोकन गरिन् ।
उनलाई भक्तपुरमा प्रचलित नवदुर्गा देवी नाच, सिंह नाच, लाखे नाच, ख्या प्याखंलगायतका नाचहरु देखाइएको थियो ।
अधिराजकुमारी अस्ट्रिडले आधाघण्टा भक्तपुरका नाच र सम्पदाहरुको अवलोकन गरेकी थिइन् । उनलाई भक्तपुरको दरवारस्क्वायरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरे ।
प्रकाशित मिति: शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय