हिमाल दैनिक
धरानका पूर्वप्रमुख राईको निधन
dhyanbahadurrai
तत्कालीन धरान नगरपालिकाका पूर्वप्रमुख ध्यानबहादुर राईको ६० वर्षको उमेरमा आज निधन भएको छ । अर्बुद रोगको उपचार गराइरहनुभएका राईको ललितपुरको पाटन अस्पतालमा निधन भएको हो । अस्पतालको सघन उपचार कक्षमा उपचाररत अवस्थामा पूर्वप्रमुख राईको निधन भएको बचाउ अभियानका संयोजक महेश श्रेष्ठले बताए । प्रमुख राई विगत एक वर्षदेखि अर्बुद रोगको उपचारमा थिए । भारतको राजधानी नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव हुन नसकेपछि उनलाई एम्बुलेन्समार्फत नेपाल नै ल्याइएको थियो । उनि विसं २०४९ को स्थानीय निकाय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट प्रमुखमा निवार्चित भएका थिए।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update