हिमाल दैनिक
राष्ट्रपतिसँग जापानी उपमन्त्रीको भेट
president bhandari
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका मित्र राष्ट्र जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले आज शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा भएको सो भेटका अवसरमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । प्रवक्ता दाहालले जारी गरेकाे विज्ञप्तिमा मिति पत्रकाे सुरूमा माघ १० गते शुक्रबार र तल माघ ३ गते लेखिएकाे छ। पत्रकाे सामान्य नमूनासमेत सहि ढंगले नराखेपछि यसबारे सामाजिक संजालमा चर्काे बसहकाे विषय बनेकाे छ। यसअघि पनि उक्त कार्यालयबाट बेला बेलामा विज्ञप्ति जारी गर्दा त्रुटि हुँदा प्रश्न उठ्ने गरेकाे थियाे।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update