हिमाल दैनिक
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने अन्तिम कडीको रुपमा रहेका दुई महत्वपूर्ण आयोगको विषयमा सत्तारुढ नेकपा र कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको छ। सत्तापक्ष र प्रतिपक्षी नेताबीच सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन गर्न गठित आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। शुक्रबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कुनै निष्कर्ष निकाल्न नसकेको र भोली शनिबार पुनः बैठक बस्ने गरी बैठक स्थगित भएको थापाले बताए। https://www.facebook.com/himaldainik/videos/1042980596057334/?t=3 छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, नेकपाका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल, उपनेता सुवाचन्द्र नेम्वाङ र खिमलाल देवकोटा, प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू रमेश लेखक, मिनेन्द्र रिजाल सहभागी थिए। नेकपा र कांग्रेस नेताहरू संयुक्त रूपमा सातवटै प्रदेशमा आयोगबारेको विधेयकको मस्यौदामा द्वन्द्वपीडितसँग परामर्श गरेपछि यो छलफल भएको हो। उनीहरूले पीडितसँग विधेयकमा प्रस्ताव गरिएका व्यवस्थालाई लिएर छलफल गरेका थिए। यो विधेयक संसदबाट पास गराउने र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्ने तयारी भइरहेको छ। दुबै आयोग गत वैशाख १ गतेबाट पदाधिकारीविहीन छन्। सरकारले आयोगमा पदाधिकारी सिफारिस गर्न गत चैत १२ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति बनाएको थियो। समितिले दरखास्त आहृवान गरेका ५७ मध्ये ५४ र त्यसमा थप ७ गरी ६१ उम्मेदवारको सूची मंसिर पहिलो साता प्रकाशन गरेको थियो। तर, राजनीतिक तहमा सहमति हुन नसक्दा समितिले नाम सिफारिस गर्न सकेको छैन्।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update