प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । काँग्रेसले पछिल्लो समय सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद्का बारेमा छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
“संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई संसद्मा राख्न नसकेकाले संसद् यथाश्रीघ चाँडो सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाएका हौँ”, उनले भने । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशील हुन नसकेको उनको भनाइ छ । बैठक दिनको १ः३० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय