हिमाल दैनिक
ललिता निवासको ११५ रोपनी जग्गा विप्लव समूहद्वारा कब्जाको घोषणा
lalita-niwas_qohESXIT2y
ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बुधबार साँझ  भएको बम विष्फोटको जिम्मा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहले लिएको छ। प्रहरीका अनुसार स्वयम्भु सानोभर्‍याङस्थित नागार्जुन –१ नर्सरी चोकमा रहेको ढकालको घरमा भएको विष्फोटको जिम्मा विप्लव समूहले लिएको हो। विष्फोटबाट कुनै मानिवीय क्षति नभए पनि घरमा झ्यालका सीसा फुटेका थिए। साथै पार्किङ गरी राखिएको कारमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। विष्फोट भएको स्थानमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पर्चा भेटिएका छन्। पर्चामा  ‘वालुवाटारस्थित ललिता निवास परिसरको करिब ११५ रोपनी सरकारी (राष्ट्रिय) जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्चे प्रपञ्चको मुख्य योजनाकार भएकोले’ ढकालको घरमा सेवोटेज गरेको उल्लेख छ। यसैबीच सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लव समूहले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा आफूहरूले कब्जा गरेको घोषणा गरेको छ। ललिता निवासको राष्ट्रियकरण भैसकेको जग्गा भूमाफियाहरुको चलखेलमा व्यक्तिको नाममा पुगेको भन्दै आफूहरुले कब्जा गर्नुपरेको सो पार्टीको भनाइ छ। भूमाफियाहरु शोभाकान्त ढकाल र रामकुमार सुवेदीको चंगुलमा परी राज्य संचालकहरुले सुवर्णशमशेर राणाको सन्तानबाट नक्कली मोही सिर्जना गरी उक्त जग्गा व्यक्तिको नाममा गरिएको पार्टिले प्रर्चामा उल्लेख गरिएको छ। उक्त पार्टिले छापेको एक प्रर्चामा जनाइएअनुसार कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको छ । ललिता निवासको जग्गा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङसँग भएको २२ रोपनी, गोयल ग्रुपसँग भएको २१ रोपनी, श्रदा ग्रुपसँग भएको ४ रोपनी, चाचन ग्रुपसँग भएको ४ रोपनी, केडियो ग्रुपसाग भएको ३ रोपनी, शोभाकान्त ढकाल र रामकुमार सुवेदीसँग भएको २८ रोपनी, विष्णु पौडेलसँग भएको ८ आनासहितका सबै विवादित ११५ रोपनी जग्गा आफूले कब्जा गरेको घोषणा गरेको छ। विप्लव समूहले कब्जा गरिएको सो जग्गा कसैले कारोबार गरेको पाइएमा पार्टीले कारवाही गर्ने चेतावनी पनि दिएको छ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update