नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेल सभामुख चयनका विषयमा नेकपाभित्र अन्तर्विरोध ल्याउने प्रयास भएको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेकपा विद्यार्थी संगठन अनेरास्ववियूको पहिलो पूर्ण बैठक तथा सपथ ग्रहण समारोहमा उनले सभामुखका विषयमा पार्टीमा अन्तरविरोध ल्याएर फाइदा लिन सकिन्छ कि भन्ने प्रयास भएको बताएका हुन् । सभामुख र उपसभामुखको प्रश्नमा नेकपाभित्र अन्तरविरोध ल्याउने प्रयास भएको उनको भनाई छ ।
महासचिव पौडेलले सभामुख र उपसभामुखका विषयमा नेकपाले हार्दिकतापूर्ण निर्णय लिएर आउने जिकिर पनि गरे । उनले ढिलो भएपछि पार्टीको एकीकरणको काम पुरा हुदै गएको बताए । पौडेलले संविधान निर्माणसंगै मुलुकलाई अघि बढाउने अभिभारा आफुहरुको रहेको भन्दै मुलुकको बिकासका लागि गम्भीर भएर लााग्नुपर्ने तर्क गरे ।
कार्यक्रममा ३३५ सदस्यीय केन्द्रीय कमिटिका सदस्यलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाए । अनेरास्ववियुले संगठनमा ४५ सदस्यीय स्थायी समिति पनि बनाएको छ । स्थायी समितिमा पूर्व एमालेनिकट अनेरास्ववियुबाट २४ र पूर्व माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीबाट २१ जना छन् । यसअघि अनेरास्ववियुले १८ पुसमा एकीकृत केन्द्रीय समितिको नाम टुंगो लगाएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय