सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदी दलका उपनेता सुवास नेम्वाङले पृथ्वीनारायण शाहले राष्ट्र एकीरकणमा दिएको योगदान कसैले बिर्सन नहुने बताएका छन्।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतवार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन् । नेम्वाङले पृथ्वीनारायणले सुरु गरेको राष्ट्रिय एकताको जगमा अब सबै जातजाति र धर्मलाई पनि एक बनाएर अघि बढ्नुपर्ने उल्लेख गरे।
चियापानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको तस्वीर नेपाली नोटमा अंकित गर्न सरकारसँग माग गरे । थापाले देशमा देखा परेको सबै प्रकारका चुनौतीको सामना गरेर शान्ति र स्थायीत्व कायम गरी सबल र समुन्नत नेपाल निर्मामा सबै राजनीतिक दलहरु एकता र सहमतिमा आउनुपर्ने बताए।
राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाले हरेक बर्ष चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ । चियापानमा राजनीतिकज्ञ, बिभिन्न क्षेत्रका व्यक्तिहरु, सर्वसाधारण लगाएतको सहभागीता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय