हिमाल दैनिक
पश्चिम एशियामा विकसित घटनाप्रति नेपालको गम्भीर चासो(विज्ञप्ति सहित)
MoFA
सरकारले पश्चिम एशिया क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालिरहेको र त्यसप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै त्यहाँ रहेका आप्रवासी कामदारको सुरक्षा नेपालको अति महत्वको विषय भएको बताएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी पश्चिम एशियाको शान्ति र स्थायित्वलाई जोखिममा पार्ने गरी तनाव बढेको भन्दै सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ । साथै सरकारले सबैखाले द्वन्द्व र मतभिन्नताको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्ने नेपालको मान्यता दोहो¥याएको छ । [pdf-embedder url="https://himaldainik.com/wp-content/uploads/2020/01/Press-Release-West-Asia-2076.9.24.pdf"]
प्रकाशित मिति: सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update