
सत्यनिरुपण तथा मेलमिलाप आयोग, बेपत्ता तथा छानविन आयोगको पदाधिकारी नियुक्ति राजनीतिक सहमतिमै हुने भएको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सत्यनिरुपण तथा मेलमिलाप आयोग, बेपत्ता तथा छानविन आयोगको पदाधिकारी नियुक्ति राजनीतिक सहमतिमै हुने बताएका हुन् ।
राजनीतिक सहमति खोज्नुपर्ने भएकाले नियुक्तिमा ढिलाई उनको भनाई छ । मन्त्री बाँस्कोटाले आयोगमा नियुक्ति गर्ने विषयमा प्रमुख प्रतिपक्षसँग पनि छलफल भइरहेको बताए ।
उनले सूचना प्रविधि विधेयकमाथि संसदमा प्रयाप्त बहस हुनुपर्ने बताए । डिजिटल नेपालका लागि आर्थिक सुरक्षा, गोपनियता र सम्पति रक्षाका लागि समेत सूचना विधेयक आवश्यक रहेको उनले बताए ।
त्यस्तै प्रवक्ता बाँस्कोटाले सेक्युरिटी प्रिन्टका विषयमा संसदका दुई समितिले प्रश्न उठाएकाले खरिदमा नहतारिने जवाफ दिए । फ्रान्सको कम्पनीसँग झन्डै २३ अर्बमा सरकारले सेक्युरिटी प्रिन्ट खरिद गर्दा आर्थिक चलखेल भएको बाहिरिएको थियो ।
निर्वाचन परिचय,नागरिकता,परिचय पत्र,लालपुर्जा, अन्तःशुल्क,रिचार्ज कार्ड, लाइसेन्स त्यसै प्रेसमार्फत् बनाउने सरकारले जनाएको छ । पासपोर्टको संख्यामा कमि भएकाले छिटो निर्णय गर्न संसदीय समितिलाई सुझाएको उनले बताए । पुस २१ बसेको मन्त्रीपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको प्रवक्ता बास्कोटाले बताए ।
त्यस्तै बैठकले पुस २८ र २८ गते भारतको राजधानी दिल्लीमा हुने नेपाल र भारतको पेट्रोलियम पदार्थ र ग्यासको विषयमा हुने संयुक्त बैठकमा उद्योग वार्णिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुब घिमिरेको नेतृत्वको प्रतिनिधि मण्डललाई पठाउने निर्णय गरेको उनले बताए ।
बैठकले व्यावसायी र विद्युत प्राधिकरणबीचको विवाद मिलाउन समिति गठन गरेको छ । ऊर्जा सचिवको संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सचिव, अर्थ मन्त्रालयका सचिव र नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक सदस्य रहने गरी समिति गठन गरिएको प्रवक्ता बास्कोटाले बताए।
मन्त्रीपरिषद्ले पानी जहाज दर्ता, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक र शिक्षा सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमतिका लागि स्वीकृत गरेको प्रवक्ता बास्कोटाले बताए ।
त्यसैगरी नेपाल नर्सिङ परिषद्को सदस्यमा सानु तुलाधर (काठमाडौं) र दुर्गालक्ष्मी श्रेष्ठ (गोरखा)लाई मनोनयन गर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय