सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकारको हकहित भन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने स्पष्ट पारेका छन् ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २३ औँ स्थापना दिवसका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको स्पष्ट हुन आग्रह गरे । उनले आफू मन्त्री भएपछि पाँच करोड ३४ लाख रुपैयाँको पत्रकारिता वृद्धि विकास कोष स्थापना गरेको बताए ।
https://www.facebook.com/himaldainik/videos/473332033592484/
अब त्यसलाई बढाएर १० करोड रुपैयाँ पु-याउने उदेश्य लिएको पनि उनको भनाइ छ । आफू मन्त्री बनेपछि कमिसन दिन आउनेहरूको नामसहित लेखनमा पनि आफू सक्रिय रहेको उनले बताए । उहाले सूचना प्रविधी स्म्बन्धी बिधेयकमा नबुझ्नेहरुले विरोध गरेको भन्दै समाजिक सञ्जालहरु व्यक्तिले नभइ कम्पनीले नै नेपालमाा दर्ता गर्नुपर्ने व्यवस्था रहेको जिकिर गरे ।
स्थापना दिवसको अवसर पारेर स्थानीय पत्रकार दबाब साप्ताहिकका सम्पादक अमर भुजुलाई मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार र सञ्चरकर्मी तथा साहित्यकार ध्रुव मधिकर्मीलाई स्वर्गीय भगवान महर्जन स्मृति पुरस्कार प्रदान गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय