हिमाल दैनिक
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले पुस २३ का लागि बोलाएको केन्द्रीय कमिटी बैठक तीन साता पर सार्ने निर्णय गरेको छ। प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक माघ १५ मात्र बस्ने निर्णय गरेको हो। यसअघि बसेको स्थायी कमिटी बैठकले पुस २३ का लागि केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो । पार्टी एकीरणमा केन्द्रीय सदस्य पदको सपथ ग्रहणका लागि बसेयता नेकपा केन्द्रीय कमिटी बैठक बस्न सकेको थिएन । पार्टी राष्ट्रियसभाको निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले बैठक सारिएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईले जानकारी दिए। बैठकमा सभामुख निर्वाचनको विषयमा भने कुनै छलफल नै नभएको नेकपाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update