हिमाल दैनिक
सीमा विवादबारे भारतले फेरि भन्योः हाम्रो नक्सामा हाम्रै भूभाग छ, नेपालको छैन
raveesh kumar
नेपालको संघीय संसदमा नेपाली भूभाग मिचेर भारतले हालै सार्र्वजनिक गरेको राजनीतिक नक्साबारे सर्वसम्मत ढंगले संकल्प प्रस्ताव पारित भएलगत्तै भारतीय अधिकारीले आफूहरुले नेपालको कुनै सीमाना नमिचेको स्पष्टोक्ति दिएका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भूभाग नमिचिकिएको दाबी गरे। ‘जहाँसम्म सीमाको प्रश्नको सम्बन्ध छ, हामीले हाम्रो पोजिसन स्पष्ट छ र म यत्ति दोहोर्याएर भन्न सक्छु कि हाम्रो नक्साले यथार्थमै भारतको सार्वभौम भूभागलाई उतारेको छ,’ उनले भनेकाे भारतीय संचारमाध्यमले बताएका छन्। साथै उलने आफ्नो नयाँ नक्सामा नेपालको सीमा कुनै पनि मानेमा नमिचिएको दाबी पनि गरे। साथै उनले नेपालसँगको सीमा विवादको विषयमा दुई देशबीचको सीमा समाधान समितिले काम गरिरहेको र अन्य सबै समस्याको समाधान छलफलबाटै हुने जानकारी दिए। भारतीय सञ्चारकर्मीले बुधबार मात्रै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको टेलिफोन वार्तामा दुई प्रधानमन्त्रीबीच नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान मात्रै भएको पनि बताए। आजै मात्र संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा सत्ता र प्रमुख प्रतिपक्षी दलका सांसदहरुले संयुक्त रुपमा दर्ता गरेको सीमा विवाद सम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेक्रममा परराष्ट्र मन्त्री प्रदिप ज्ञावालीले भारतले पहिले नेपाली भूभागमा नेपालको कमजोर उपस्थितिको फाइदा लिएर सेना ल्याएर राखेको र अहिले आफ्नो राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेक पार्ने कुरा नेपालका लागि स्वीकार्य नभएको बताएका थिए। साथै उनले यसविषयमा सर्वपक्षिय बैठकको निर्णय अनुसार सरकारी तबरबाट उक्त भूभागको विषयमा भारतलाई पत्र पठाएको र हिँजै मात्र पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको जानकारी दिएका थिए। तर, भारतीय विदेश मन्त्रालयका प्रवक्ताले मन्त्री ज्ञावालीको दाबीप्रति लक्षित गर्दै आफूले नेपालको उच्च राजनीतिक तहबाट सीमाको विषयमा कुनै कुरा भारतीय प्रधानमन्त्री र सरकारसँग गरेको जानकारी आफूलाई नभएको जवाफ दिए।
प्रकाशित मिति: सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update