हिमाल दैनिक
दाङ क्षेत्र नं ३ (ख) मा नेकपाका ओली विजयी
Bimala Oli
दाङ क्षेत्र नं ३ ९ख० मा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का उम्मेदवार विमलाकुमारी ओली विजयी हुनुभएको छ । उहाँ नेपाली काँग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १०४ मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । नेकपाकी उम्मेदवार खत्री ओलीले २४ हजार २८६ मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार आचार्यले १९ हजार १८२ मत ल्याउनुभएको छ । ओली प्रदेशसभा सदस्य उत्तरकुमार ओलीकी पत्नी हुनुहुन्छ । उत्तरकुमारको गाडी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । आइतबार राति १२ बजे मतगणना सकिएको थियो । राप्रपाका भूपाल रावतले २२५, राप्रपा९संयुक्त०का छोटीलाल थारुले १३८, नेकपा९माले०का हरिप्रसाद डांँगीले १०३, साझा पार्टीका शिवकुमार चौधरीले २६६, नेमकिपाका सुरेश परियारले १५, जनमुक्ति पार्टीका धनराज स्वकारले ११, मङ्गोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० र लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६ तथा काँग्रेस ९बिपी० का दीपककुमार धितालले दुई मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार गोविन्द केसी दुई र अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्यले चार मत प्राप्त गर्नुभएको छ । उपनिर्वचनमा ४५ हजार ७१८ मत खसेकामा ७९७ मत बदर भएको थियो । रासस
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update