शनिबार सम्पन्न उपनिर्वाचनको मतदानमा सम्भवत् सबैभन्दा कम मत रोल्पाको थबाङमा खसेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाका अनुसार, एक हजार दुई सय ७४ मतदाता रहेको थबाङ गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा जम्मा २ सय ९ मत अर्थात १६.२८ प्रतिशत मत खसेको छ।
भूमिगत राजनीतिमा रहेका नेत्रविक्रम चन्दको वर्चश्व रहेको उक्त गाउँमा कडा सुरक्षा घेराभित्र भएको मतदानमा १ सय १२ महिला र ९७ पुरुषले मतदान गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालयले दिएको छ।
चन्द समूहका तत्कालिन वडाध्यक्ष फर्कबहादुर बुढामगरको गत असारमा निधन भएपछि रिक्त रहेको पदमा नेकपाका जनकबहादुर बुढामगर र कांग्रेसका कमलबहादुर रोकामगरबीच प्रतिस्पर्र्धा हुँदैछ।
मतदान कार्य सकिए लगत्तै मतगणनको प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय