हिमाल दैनिक
धरानमा तिलक विजयी भएपछि शुभकामना दिन पुगे कांग्रेस नेता कार्यकर्ता
78620885_3080962048599842_8777303815893286912_n
धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले अनपेक्षित नतिजा निकालेपछि सुनसरी, मोरङ जिल्लाका नेता र कार्यकर्तामा नयाँ उर्जाको प्रवाह भएजस्तै भएको छ। शनिबार भएको उपनिर्वाचनमा कम्युनिष्ट बाहुल्यता रहेको भनिएको धरान उपमहानगरपालिकामा कांग्रेसका प्रत्यासी तिलक राईले सबैलाई चक्मा दिँदै २६ हजार ७ सय ९ मत ल्याएर विजयी भए। उनका प्रतिद्धन्दी नेकपाका प्रकाश राइको जम्मा २३ हजार ९ सय १४ मतमा सिमित भयो। नेकपाका उम्मेदवारलाई २७ सय ९५ मतले पराजित गर्दै प्रमुख पदमा निर्वाचित भएको खबर पाउनासाथ विराटनगरमा रहेका कांग्रेस नेता शेखर कोइराला, महेश आचार्य लगायतका केन्द्रीय नेतादेखि कार्यकर्ता र शुभचिन्तक धरानमा पुगे। सोमबार नै उनीहरुले तिलक राईलाई बधाई तथा सफलताको शुभकामना दिँदै जनताको भावना बुझेर काम गर्न सुझाव दिए।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update