हिमाल दैनिक
नेकपालाई धरानमा धक्का दिँदै कांग्रेसका तिलकले लगाए नगरप्रमुखको तिलक
44935591_1948068268593187_985060438783819776_n
कम्युनिष्टहरुले चुनावी राजनीतिमा सधैँ अत्याधिक मत अन्तरले जित्दै आएको धरानमा यसपटक नराम्रोसँग पराजयको धक्का व्यहोर्नु परेको छ। शनिबार धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका प्रत्यासी तिलक राईले २७ सय ८५ मत अन्तरले नेकपाका प्रकाश राइलाई पराजित गर्दै प्रमुख पदको तिलक लगाएका छन्। उक्त उपमहानगरपालिकामा यसअघि १६ हजारको हाराहारीमा मत ल्याएर नेकपाका उम्मेदवारसँग पराजित भएका तिलकले यसपटक सत्तारुढ नेकपाबीच भएको एकीकरणका बाबजूद पनि जित हात पारे। यसअघिको निर्वाचन परिणाम र त्यसमा तत्कालिन एमाले र माओवादीले ल्याएको कुल मत करिब ३२ हजार थियो जुन तिलकले पहिले ल्याएको भन्दा दोब्बर थियो। तर, नेकपाले पूर्व प्रमुखकी पत्नीलाई टिकट नदिएपछि उक्त पार्टीका कार्यकर्ता र मतदाता रुष्ट हुँदै आफ्नो मत कांग्रेसलाई खन्याइदिए र विजयको माला तिलकलाई लगाइदिए।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update