धरान उपमहानगरपालिका प्रमुख पदका लागि भएको निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले नेकपाका उम्मेदवारलाई ४ सय ७७ मत अन्तरले पछि पारेका छन्।
अहिलेसम्म गणना भएको १४ देखि २० सम्मका वडामा कांग्रेसका तिलक राईले नेकपाका प्रकाश राईलाई अनपेक्षित रुपमा पछाडि पारेर अग्रता लिएका हुन्।
कांग्रेसका तिलकले १० हजार ९ सय ९४ मत पाएका छन् भने उनलाई नेकपाका प्रकाशले १० हजार ५ सय ७१ मत ल्याएर पछ्याइरहेका छन्।
नेकपाको गढका रुपमा परिचित उक्त नगरपालिकाका वडाहरुमा पनि कांग्रेसका उम्मेदवारको पक्षमा मत खसेपछि धरानमा नेकपाभित्र खैलाबैला भएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय