हिमाल दैनिक
ओलीका विश्वासपात्र महेश बस्नेतको क्षेत्रमा कांग्रेसका भडेल विजयी, नेकपाभित्र भाँडभैलो मच्चियो
79506592_3165816340112319_349694892915556352_n
प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र महेश बस्नेतको दबदबा रहेको भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदार कृष्णलाल भडेलले कांग्रेसकाे झण्डा फहराएर नेकपाभित्र भाँडभैलो मच्चाइदिएका छन्। शनिबार भएको उपनिर्वाचनको पछिल्लो मत परिणाम अनुसार, कांग्रेस उम्मेदवार भडेलले १३ हजार ४ सय ४८ मत ल्याएर विजयी भएका छन्। पार्टीभित्र चर्को विवादका मच्चिदा पनि टिकट लिइछाडेका नेकपाका डिपी ढकाल ११ हजार २ सय ५ मत प्राप्त गरी २२ सय ४३ मत अन्तरले पराजित भएपछि नेकपाभित्र भाँडभैलोको स्थिति उत्पन्न भएको हो। अघिल्लो पटक झण्डै तीन हजारको अन्तरले पराजित कांग्रेसले यसपटक त्यो मत अन्तर कटाएर १३ हजार पुर्याएपछि अघिल्लो पटक पराजित भएर मुर्झाएको कांग्रेसमा पुर्नजीवन प्राप्त गरेसरी भएको छ। उता नेकपाभित्र भने अघिल्लो पटक माओवादीको तर्फबाट बागी उम्मेदवार बनेका डिपी यसपटक पनि नेकपाको टिकटमा उम्मेदवार बनेर पराजित भएपछि नेकपा भक्तपुरभित्र डिपीको ढिपीले हारियो भन्ने हल्ला सुरु भएको छ। यसअघि उक्त क्षेत्रमा नेकपा एमालेका हरिशरण लामिछाने निर्वाचित भएका थिए। उनको निधन पश्चात त्यस क्षेत्रमा उपनिर्वाचन भएको हो।
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update