हिमाल दैनिक

चितवनमा भएका तीन वटै स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ।

भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृत हमाल, खैरहनी नगरपालिका ४ मा देब बहादुर बस्नेत र खैरहनी नगरपालिका ५ मा प्रतिमा कार्की विजयी भएका हुन्।

भरतपुर १६ मा अमृतराज हमालले ३१८३ मत ल्याउँदा नेकपाका भक्तराज हमालले २८७५ मत ल्याए। यस्तै खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ को अध्यक्षमा कांग्रेस विजयी भएको छ। स्थानीय तहमा रिक्त अध्यक्ष पदका लागि भएको निर्वाचनमा वडा नम्बर ४ देवबहादुर बस्नेत र ५ मा प्रतिमा बस्नेत विजयी भएका हुन्। वडा नं ४ मा कांग्रेसका बस्नेतले नेकपा बेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरेका छन्। बस्नेतले ११३८ र अधिकारीले ९८६ मत प्राप्त गरेका थिए । त्यस्तै वड़ा नं-५ मा प्रतिमा ८६ मत अन्तरले विजयी भएकी छिन् । कांग्रेस उम्मेदवार प्रतिमाले ८४२ र नेकपाको पुननारायण प्रधानले ७५६ मत पाएका थिए ।

नेकपाका अध्यक्ष प्रचण्डको प्रभाव क्षेत्रको रुपमा प्रचारित चितवनको खैरहनी नगरपालिका ५ मा कांग्रेसले बाजी मारेको हो।

निर्वाचन अपडेट:
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update