हिमाल दैनिक
कास्कीमा विद्या र रजनीले दिईन् आफ्नो उम्मेदवारी
ummedwar
मङ्सिर १४ गते हुन लागेको उप-निर्वाचनमा कास्की क्षेत्र नम्वर-२को प्रतिनिधिसभाका लागि मनोनयन दर्ता सुरु भईसकेको छ। बिहान १० बजेबाट सुरु भएको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रममा अहिलेसम्म पाँच जना उम्मेदवारले आफ्नो उम्मेदवारी कास्कीका जिल्ला निर्वाचन कार्यालयमा दिएका छन्। कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको पदमा निर्वाचन हुनलागेको हो। नेपाल कमनिष्ट पार्टीको तर्फबाट स्व अधिकारीकी धर्मपत्नी विद्या भट्टराईले आफ्नो उम्मेदवारी दिएकी छिन्। त्यस्तै देशभक्त समाज पार्टीबाट बिर बहादुर बिकले उम्मेदवारी दिएका हुन्। साझा पार्टी बतरा रजनी केसीले आफ्नो उम्मेदवार दिएकी छिन् भने बिबेकशील बाट जमुना शर्माले आफ्नो नाम दर्ता गरेकी छिन्। https://himaldainik.com/2019/11/07/76784/ स्वतन्त्र उम्मेदवारमा भने कमलजंग कुमारले उम्मेदवारीको घोषणा गरेका छन्। आज बिहान आसन्न उपनिर्वाचनको मनोनयन पत्र दर्ताकै समयमा कास्कीको निर्वाचन अधिकृतको कार्यालय नजिकै अज्ञात समूहले विष्फोट गराएको थियो।
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update