हिमाल दैनिक
कास्की २ मा विद्या भट्टराई निर्वाचित, खेमराजले लगाइदिए विजयको माला
78374589_10213150478956175_7634750169065455616_n
कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई निर्वाचित भएकी छिन्। प्रतिनिधि सभा सदस्य पदका लागि शनिबार भएको मतदानको अन्तिम मतगणनामा भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनलाई नेपाली कांग्रेसका प्रत्यासी खेमराज पौडेलले फूलमाला र खादा लगाई पहिलो शुभकामना तथा बधाई दिएर राजनीतिमा लोकतान्त्रिक संस्कारको प्रदर्शन गरे। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गरी पराजित भए। पूर्वमन्त्री रविन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको उक्त क्षेत्रमा उनकी श्रीमती भट्टराई निर्वाचित भएपछि नेपालको राजनीतिमा श्रीमानको स्थानमा श्रीमतीले चुनाव जित्ने परम्पराले निरन्तरता पाएको छ। उनले पौडेललाई ८ हजार ४ सय ३ मतको अन्तर अर्थात झण्डै झण्डै उनका श्रीमान अधिकारीले तत्कालिन उम्मेदवार देवराज चालिसेसँग गरेको मत अन्तर नै कायम गरेकी छिन्।
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update