हिमाल दैनिक
नेपाली कांग्रेसबाट कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका नेता खेमराज पौडेलले चुनावमा हार स्वीकार गरेका छन्। शनिबार सम्पन्न निर्वाचनको जारी मतगणनाको अन्तिम परिणाम आउन बाँकी छँदै ८ हजार भन्दा बढि मतले पछि रहेका पौडेलले हार स्वीकार गर्दै मार्मिक ट्वीट गरेका छन्। उनले भनेका छन्, ‘सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन। म ईमानदार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति। राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ। विजयी नानीलाई हृदयले बधाई -राम्रो गर्नु।’ https://twitter.com/nckhemrajpaudel/status/1201120428183343104 आफूलाई देवघाट जान सल्लाह दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई संसद भवनमा भेट्ने चाहना अधुरै रहेने भएपछि पनि पौडेलले आफूले राजनीति जितेको बताएका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update