हिमाल दैनिक
कास्की २ मा विद्या विजयउन्मुख, महेन्द्रपुल बजारमा पनि कांग्रेस पछि पर्यो
kaski 2 election symbol
कास्की निर्वाचन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई २० हजार ७ सय ९७ मत ल्याएर विजय उन्मुख भएकी छिन्। शनिबार भएको निर्वाचनको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार, उनले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई आठ हजार ५ सय ३६ मतको अन्तरले पछि पारेकी छिन्। पौडेलले १२ हजार २ सय ६१ मत ल्याएर पछि परेका छन्। अहिलेसम्म गणना भएका पोखरा महानगरपालिका वडा नम्बर ३३, २१, २०, १७ र १५ नेकपाकै पकड रहेका वडा हुन भने शहरभित्रको वडा नम्बर ९ र ११ कांग्रेसको पकड मानिएको वडा हो। सुकुम्वासी र क्रिष्चियनहरुको संख्या बढि रहेको उक्त वडामा पनि यसपटक नेकपाले अग्रता लिएपछि कांग्रेसको मतअन्तर कम गर्ने योजनामा पानीफेरिएको छ। समाजवादी पार्टीका धर्मराज गुरुङले १५ सय ३ मत ल्याएका छन्। उक्त पार्टीले अघिल्लो पटकको तुलनामा मत बढाएको छ। अब कबिर १० हजार पनि मत गणन गर्न बाँकी छैन। पूर्वृमन्त्री रविन्द्र अधिकारीको निधन पश्चात रिक्त रहेको उक्त क्षेत्रमा नेकपाले उनकी श्रीमती भट्टराईलाई मैदानमा उतारेको थियो।
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update