कास्की निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा चारवटा वडाको मतगणना सकिँदा नेकपाकी उम्मेदवार विद्या भट्टराई ५८ सय ३७ मत अन्तरले अगाडि रहेकी छिन्।
शनिबार सम्पन्न निर्वाचनको जारी मतगणनामा अहिलेसम्म पूर्वमन्त्री रविन्द्र अधिकारीको जन्मथलो भरतपोखरी वडा नम्बर ३३ तथा कम्युनिष्ट मतदाताको बाहुल्यता रहेका वडा नम्बर २१, २० र १७ को मतगणना भट्टराईले ११ हजार ७ सय ३० मतका साथ अग्रता लिएकी छिन्।
उनका निकटतम् प्रतिद्धन्द्धी कांग्रेसका खेमराज पौडेलले ५ हजार ८ सय ९३ मत ल्याएर पछ्याइरहेका छन्। पौडेलले वडा नम्बर २० मा यसअघि भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडा अध्यक्षका प्रत्यासीले भन्दा पनि कम मत ल्याएपछि कांग्रेसभित्र विशेष छलफल र चासोको विषय बनेको छ।
अहिले वडा नम्बर १६ को मतगणना कार्य जारी छ। यी सबै वडा कम्युनिष्ट मतदाताको बाहुल्यता रहेको वडा मानिन्छन्।
यसैगरी समाजवादी पार्टी नेपालका धर्मराज गुरुङले ४ सय ८ मत ल्याएर तेस्रोत स्थानमा रहेका छन्।
राजनीतिमा ठूलो तामझाम र नारा लिएर आएका रविन्द्र मिश्रको साझा पार्टीकी रजनी केसीले २ सय ४१ मत ल्याएकी छिन्। साझा पार्टीलाई राप्रपाका रोमबहादुर भण्डारीले २ सय ८२ ल्याएर पछि पारेका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय