कास्कीमा जारी मतगणना अनुसार अहिले नेकपाकी उम्मेदवार विद्या भट्टराई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा दोब्बर मतले अग्रता लिएकी छिन्।
शनिबार सम्पन्न मतदानको हिँजै साँझदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणाम अनुसार, भट्टराईले आफ्नो वडासहित कम्युनिष्टहरुको बाहुल्यता रहेका तीन वडाहरुः भरतपोखरी ३३, निर्मलपोखरी र कृस्तीनाँच्ने चौर २१ र भलाम, मौजा २० मा भएको मतगणनामा कांग्रेसका उम्मेदवार अपेक्षाकृत मत अन्तरले पछि पार्न सफल भएकी छिन्।
अनुसार भट्टराईले वडा नं ३१ मा ३२७६ मत र वडा नं २१ मा ३५२३ र २० मा १४ सय ६६ मतगरी कुल ८ हजार २ सय ६५ मतका साथ अग्रता लिएकी छिन्। उनलाई कांग्रेसका उम्मेदवार पौडेलले ३ हजार ६ सय ८२ मत ल्याएर पछ्याइरहेका छन्।
त्यस्तै समाजवादी पाटी नेपालका धर्मराज गुरुङले १७२ मत तथा साझा पार्टीकी रजनी केसीले ९० मत ल्याएकी छिन्।
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय