नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्धितीय अध्यक्ष पुष्पकमल दाहालले आफूलाई चुनावी मैदान छोडेर देवघाट जान दिएको सुझावको नेपाली कांग्रेसका नेता एवं कास्की क्षेत्र नम्बर २ का उम्मेदवार खेमराज पौडेलले कडा जवाफ दिएका छन्।
नेकपाको चुनावी सभामा पुगेका दाहालले ७७ वर्षको उमेरमा देवघाट गएर ध्यान र ज्ञान सिक्ने अवस्थामा चुनावमा आएको भनि विचरा शब्द प्रयोग गरेपछि आफ्नो ट्वीटर र फेसबुकमार्फत कांग्रेस उम्मेदवार पौडेलले दाहाललाई जवाफ फर्काएका हुन्।
उनले भनेका छन्, ‘आदरणीय नेकपाका अध्यक्ष प्रचण्डज्यू, देवघाट होइन, मंसिर १४ गतेपछि तपाइको र मेरो भेट संसद भवनमा हुन्छ। त्यसपछि देवघाट जान परे सँगै जाउँला। जय नेपाल।’
https://twitter.com/nckhemrajpaudel/status/1199679183980396544
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय