हिमाल दैनिक
हो ची मिन्ह र माओका चेला दाहाललाई बी.पी. चेला खेमराजको जवाफ...(भिडियो सहित)
prachanda vs dahal-01
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्धितीय अध्यक्ष पुष्पकमल दाहालले आफूलाई ७७ वर्षको उम्मेरमा देवघाट जान छोडेर के चुनावी मैदानमा होमिएको भन्ने अभिव्यक्तिप्रति नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले कडा जवाफ दिएका छन्। https://www.facebook.com/himaldainik/videos/561410641308958/ नेकपाको चुनावी सभामा पोखरा पुगेर कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा दाहालले देवघाट गएर ध्यान र ज्ञान सिक्ने उम्मेरमा कांग्रेसले ७७ वर्षको बृद्धलाई उठाएको भनि दिएको अभिव्यक्ति लगत्तै कांग्रेस नेता पौडेलले दाहालको अभिव्यक्तिको प्रतिवाद गरेका हुन्। हिमाल दैनिकसँग टेलिफोन मार्फत पौडेलले भने, ‘पुष्पकमल दाहाल जस्ता सत्तापक्षका नेता त्यसमा पनि जो दुई पटक प्रधानमन्त्री भइसक्नु भएको छ उहाँले व्यक्त गरेको अभिव्यक्तिले उहाँको वौद्धिकस्तर र जेष्ठ नागरिकप्रतिको भावना दर्शाएको छ।’ https://www.facebook.com/himaldainik/videos/761699490959034/?t=152 झुट्टा राजनीतिक आश्वासन र नेकपा सरकारको कुशासनबाट आजित बनेका जनताले कांग्रेस र त्यसको प्रतिनिधि आफूप्रति देखाएको उर्लँदो समर्थनबाट अत्तालिएर दाहालले आफ्नो विरुद्ध आलोचना गर्ने अरु कुनै विषय नभएपछि उमेरको कुरा गैरजिम्मेवार ढंगले उठाएको पौडेलको आरोप छ। कांग्रेसका संस्थापक नेता बी.पी. कोइरालाको सिद्धान्त, कृष्णप्रसाद, गणेशमान जस्ता त्यागि नेताको अनुयायी बताउँने पौडेलले भने, ‘मानिस उमेरले होइन, विचारले बुढो हुन्छ। मेरो राजनीतिक जीवनकाल जति उमेर भएका नेकपा अध्यक्ष दाहालको कुरा सुन्दा उहाँ हामी भन्दा पनि बृद्ध र जिर्ण हुनु भएछ भन्ने लाग्यो।’ शारिरीक स्वास्थ्यका हिसाबले यति कमजोर अवस्थाका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर दुःख दिने पार्टीको नेता दाहालले उनको विषयमा केही नबोल्ने तर, अझैपनि स्वस्थ र तन्दुरुस्त अवस्थामा रहेको आफ्नो बारे यसरी सार्वजनिक टिकाटिप्पणी गर्नु दुःखदायी भएको पनि उनले बताए। भिएतनामी कम्युनिष्ट नेता हो ची मिन्हले ७७ वर्षमा अमेरिकी सेनालाई भगाएको र माओले चीनमा मृत्यु शैयामा पुग्दा पनि सत्ता नछाडेकोे प्रसंग उल्लेख गर्दै पौडेलले हो ची मिन्ह र माओका अनुयायी दाहालले आफ्नो विषयमा गरेको तल्लोस्तरको टिप्पणी सुनेपछि आफू अब निर्वाचनमा विजयन्मुख भएको अनुभूति भएको पनि पौडेलको दाबी छ। उनले भने, ‘मानिस त्यतिबेला आक्रामक बन्दछ जब उ कमजोर भएर पराजयको नजिक पुग्दछ।’ यस सम्बन्धि थप समाचारहरु:
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update