सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्धितीय अध्यक्ष पुष्पकमल दाहालले कास्की क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार खेमराज पौडेलको उमेरको विषयलाई लिएर जेष्ठ नागरिकहरुको घोर अपमान गरेका छन्।
पोखराको नयाँ बजारमा आयोजित नेकपाको चुनावी सभालाई बुधबार सम्बोधन गर्दै उनले कास्की कांग्रेसका पुराना र त्यागी नेता पौडेललाई देवघाटतिर गएर ध्यान र ज्ञान सिक्नु पर्ने बेलामा चुनावी मैदानमा आएको भन्दै अत्यन्त निम्नस्तरको अभिव्यक्ति दिए।
कांग्रेस सभापति शेरबहादुर देउवाप्रति आक्रामक शैलीमा प्रस्तुत भएका दाहालले बोल्ने क्रममा भने, ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ विदा लिनु पर्छ भन्नेहरुले विचरा ७७ वर्षको बुढालाई, जो अब देवघाटतिर जानपर्ने मान्छेलाई, त्यहाँ गएर ध्यान र ज्ञान सिक्नु पर्ने मान्छेलाई अघि सार्र्ने अनि ६५ वर्षको जवानलाई रेष्ट गर्नु पर्छ भन्ने मिल्छ त?’
मृगौला प्रत्यारोपण गरी निरन्तर अस्पताल धाएर हेमाडायलाइसिस गरिरहेका विरामी प्रधानमन्त्रीलाई दाहालले ‘६५ वर्षको जवान’को संज्ञा दिएर व्यंग्यात्मक शैलीमा भने, ‘यो कतै मिल्ने कुरा होइन।’
https://www.facebook.com/himaldainik/videos/561410641308958/
साथै उनले कांग्रेस सभापति देउवाले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा आफ्नो नक्सामा पारेको भन्ने चर्चाबारे देउवाले दिउँसै रातपार्ने करा गरेको प्रतिक्रिया दिए।
गिरिजाप्रसाद कोइरालाले देश आफूलाई जिम्मा लगाएको दाबी गर्ने दाहालले कांग्रेस सभापति देउवाले उटपट्याङ कुरा गरेको देख्दा टिठ लागेको बताए।
देउवाको अभिव्यक्तिले नेकपा उम्मेदवार विद्या भट्टराइको जित सुनिश्चित भएको भन्दै उनले देउवालाई ‘उल्लु’ कुरा नगर्न सुझाव दिएको बताए।
उनले आफ्नो दलको उम्मेदवार भट्टराईलाई पहिलेको भन्दा भारी मत अन्तरले विजयी गराउँन निर्देशन दिँदै उनले आफ्नो पार्टीभित्र प्रधानमन्त्री ओली र आफूबीच भएको पद बाँडफाँटको सहमति पश्चात राजनीतिक अन्यौलता नरहेको दाबी पनि गरे।
भूमिगत राजनीतिको नाममा लुकिछिपी आक्रमण र षडयन्त्रको राजनीतिक भर्याङ चढेर कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको साहारामा राष्ट्रिय राजनीतिमा स्थापित भएका दाहालले आफू खुलम खुला कुरामा विश्वास गर्ने विचार पनि व्यक्त गरे।
त्यतिमात्र होइन, उनले भने, ‘जनताको मत त आजसम्म व्यक्त भइसक्यो। अब राती लुकिछिपी हुने षडयन्त्र त्यस्ता प्रतिक्रियावादीहरुको लुकिछिपी षडयन्त्रमा विश्वास हुन्छ। हामीलाई खुलमखुला कुरा गर्नेमा विश्वास हुन्छ त्यी लुकिछिपी हुने षडयन्त्रहरुलाई रोक्न लाग्नु होला।’
यस सम्बन्धि थप समाचारहरु:
- कांग्रेसका खेमराजलाई देवघाट जान भन्दै नेकपाका अध्यक्षले दाहालले गरे जेष्ठ नागरिकको घोर अपमान (भिडियो सहित)
- खेमराज पौडेल र विद्या भट्टराईः को पूँजीवादी को साम्यवादी?
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय