प्रतिनिधि सभा सदस्यको लागि हुन लागेको उपनिर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका नेता कार्यकर्ताले पनि दल अदल बदल गरेर चुनावी माहोल तताएका छन्।
पोखरा बाटुलेचौरमा आयोजित चुनावी कार्यक्रममा शनिबार पोखराका पुराना वामपन्थी नेता माधवप्रसाद पराजुलीले बिपीको प्रजातान्त्रिक समाजवाद अंगीकार गर्दै अघि बढ्ने प्रतिवद्धतासहित कांग्रेसमा प्रवेश गरे।
उनले आफू नेपाली कांग्रेसमा प्रवेश गरेको भन्दै पार्टीले दिएको जिम्मेदवारी, निर्देशन सही र पूर्णरुपले पालना गर्ने प्रतिवद्धता जनाए। उक्त अवसरमा इन्द्रमान सिलवाल, सरु थापा र निर्मला थापा प्रनि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।
प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय