हिमाल दैनिक
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मुलुकलाई ठीक ठाउँमा ल्याउन काँग्रेसलाई निर्वाचनमा जिताउनुपर्ने बताएका छन् । पोखरा–९ मा आज काँग्रेसद्वारा आयोजित चुनावीसभामा सरकारले चालेका कदम अलोकतान्त्रिक भएको आरोप लगाउँदै नेता कोइरालाले संविधान, प्रेस स्वतन्त्रता, समावेशीता, गणतन्त्र र सङ्घीयता मास्न सरकार उद्धत रहेको उल्लेख गरे । विकास निर्माणबारे नेता कोइरालाले भने, “कास्की क्षेत्र नं २ अन्तर्गत केही वडामा काँग्रेसका प्रतिनिधि छन्, प्रदेशमा पनि काँग्रेसकै प्रतिनिधि छन् । त्यसैले प्रतिनिधिसभामा पनि काँग्रेसकै नेता पुगे यस क्षेत्रको विकास कायापलट हुन्छ ।” अर्का केन्द्रीय सदस्य गगनकुमार थापाले काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार खेमराज पौडेललाई मत दिएर जिताउन आग्रह गरे। राजनीतिमा सज्जन, सदाचारी, इमान्दारी, आफू र परिवारभन्दा माथि उठ्ने, राजनीतिलाई पेशा नठान्ने मान्छे आवश्यक रहेकाले यी गुण उम्मेदवार पौडेलमा रहेको उनको भनाइ थियो । पोखरा–९ का वडासभापति उमा ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस नेता शुक्रराज शर्मा, विन्दुकुमार थापा, वीरेन्द्रनारायण बिजुक्छे, रामराज लामिछाने र शिवराज बाँस्तोलालगायतले खेमराज पौडेललाई जिताउनुपर्ने विषयमा जोड दिएका थिए । [caption id="attachment_78163" align="alignnone" width="1920"] तस्बिर: कास्कीको पोखरास्थित चिप्लेढुङामा उपनिावर्चनका लागि चुनावी प्रचारप्रसार अभियानमा नेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेता ।[/caption] तेस्रो चरणका कार्यक्रम शुरु काँग्रेस कास्कीको चुनाव प्रचार अभियान आजदेखि तेस्रो चरणमा प्रवेश गरेको छ । काँग्रेसले उम्मेदवार मनोनयनदेखि मौन अवधिसम्मका समयलाई तीन चरणमा विभाजन गरी चुनावी प्रचार गरेको थियो । पहिलो चरण पाँच दिन, दोस्रो र तेस्रो चरण सात÷सात दिनको छ । पहिलो चरणमा चुनावी प्रचार समिति गठन र रणनीतिक छलफल गरेको काँग्रेसले दोस्रो चरणमा पूरै समय घरदैलोमार्फत मतदाता भेटघाट र कोणसभामा केन्द्रित ग¥यो । तेस्रो चरणका सात दिनमा पूरै समय चुनावीसभा, घरदैलो, मतदाता भेटघाट मै केन्द्रित गर्ने कास्की काँग्रेसका सभापति एवं चुनाव प्रचार समितिका सभापति कृष्ण केसीले जानकारी दिए । उनले यो चरणमा चुनावीसभामार्फत पार्टीको प्रतिबद्धता जनतासामु लैजाने, मतदातालाई लोभ र प्रलोभनमा पार्ने कार्यको गोप्यरूपमा अनुगमन र खबरदारी गर्ने बताए । “पूरै पार्टी पङ्क्ति यो चुनावमा परिचालन भएको छ, जुन ठाउँमा जो आवश्यक पर्छ सोहीअनुरुप रणनीति तयारी गरेका छौँ”, सभापति केसीले भने, “अबको सात दिन मतदाता केन्द्रित हुनेछौँ । पैसाको मुठो बाँडेर मतदातालाई प्रलोभन पार्नेविरुद्ध खबरदारी गर्न पूरै तयारी गरेका छौँ ।”
प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update