हिमाल दैनिक
शेखर कोइरालासहित खेमराज पौडेल अर्मलाकोट आउँने थाहा पाएपछि सत्तापक्षले गर्यो यस्तो हर्कद!
76646878_466962283935556_5255691728530178048_n
आसन्न उपनिर्वाचनको प्रचार प्रसारको लागि अर्मलाकोट गएका नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल लगायतको टोलीलाई सत्तापक्षको तर्फबाट नियोजित रुपमा अवरोध गर्ने कोशिश भएको छ। पोखरा महानगरपालिका वडा नम्बर १६ को अर्मलाकोटमा पूर्व घोषित कार्यक्रम अनुसार बिहिबार कांग्रेस नेता शेखर कोइरालासहित उम्मेदवार पौडेलको पचार टोली गएको थियो। तर, अर्मलाकोट पुग्नुभन्दा करिब तीन किलोमिटर वरै सडकमा एकाएक ड्रोजर लगाएर पहरो भत्काइ सडक अवरुद्ध पारिएपछि कांग्रेसको प्रचारटोली गाडी रोकेर पैदलै ४५ मिनेट हिँड्नु परेको थियो। पोखरामा कांग्रेस उम्मेदवारको पक्षमा मत माग्न पुगेका नेता कोइरालाले आफू उक्त सडकमा अवरोध भएपछि माथि डाँडामा पुग्न नसकेपछि पछि सोही वडाको र्यालेको कार्यक्रममा सहभागी भएर पोखरा फर्किएको बताए। पौडेलले कार्यक्रम स्थलमा पुगेपछि आफ्नो फेसबुकमार्फत हामी अर्मलाकोटमा छौं भनि आफ्नो स्टाट्स राखेर चुनौतिको सामना गर्र्न तयार रहेको सन्देश दिएका थिए। त्यसका बाबजूद पनि उम्मेदवार पौडेलसहितको टोली अर्मलाकोटको डाँडामा पुगेर प्रचार प्रसारको कार्यक्रम सम्पन्न गरी फर्किएको थियो। निर्वाचन आचार संहिता लागिसकेको समयमा विकासका नाममा निर्वाचन परिणामलाई प्रभावित गर्नेगरी कुनै पनि सडक खन्ने वा खनाउने कार्य गर्न पाइँदैन। तर, उक्त स्थानमा सडक खन्ने भन्दा पनि कांग्रेसको प्रचार प्रसार टोलीलाई माथि गाउँसम्म पुग्नबाट अवरोध गर्ने उद्देश्यले विहानसम्म खुला रहेको सडक अपरान्ह ड्रोजर लगाएर भत्काई उक्त ड्रोजर पनि विग्रीएको जस्तो अवस्थामा सडकमा असरल्ल छाडिएको कांग्रेस कार्यकर्ता अमृत श्रेष्ठले बताए। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका पूर्वमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी गत फागुनमा निधन भएपछि रिक्त रहेको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि मंसिर १४ उपनिर्वाचन हुँदैछ। उक्त निर्वाचनमा नेकपाले रविन्द्रकी श्रीमती विद्या भट्टराईलाई मैदानमा उतारेको छ। जसलाई कास्की कांग्रेसका पुराना, त्यागी, निश्कलंकित समाजसेवी खेमराज पौडेलले कडा टक्कर दिँदैछन्।
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update