नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटले अधिनायकवादीशक्ति हाबी हुँदा मुलुक र लोकतन्त्र खतरामा परेको बताएका छन्।
कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पोखरा महानगरपालिका–८ मा घरदैलोमा सहभागी बन्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि पनि काँग्रेसले चुनाव जित्नुपर्ने बताए ।
वर्तमान सरकार गठन भएयता जनता त्रासै त्रासमा बाँच्न बाध्य भएको धारणा राख्दै उनले त्रसित जनतामा शान्ति ल्याउन पनि यो उपनिर्वाचन काँग्रेसका पक्षमा हुनुपर्ने जिकिर गरे ।
नेपालको सीमा मिचिएर जनता सडकमा आउँदासमेत सरकार कानमा तेल हालेर बसेको उनले बताए । काँग्रेस पार्टीप्रति जनताको विश्वास पनि बढेको र निर्वाचनमा जित्ने पर्याप्त आधार देखिएको उल्लेख गर्दै रानाभाटले विगतका कमिकमजोरी सच्याएर पार्टी अघि बढ्नुपर्ने धारणा राखे ।
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय