हिमाल दैनिक
कास्की क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको तिथि नजकिन थालेपछि चुनावी प्रचारप्रसारले तीव्रता लिएको छ । मतदातालाई आफ्नो पक्षमा आकर्षित पार्नका लागि घरदैलो कार्यक्रम, कोणसभा र सडकमा पार्टीका झण्डा र चुनाव चिह्न बोकेर कार्यकर्ता प्रचारप्रसारमा जुटेका छन् । कास्की क्षेत्र नं–२ को यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा १० स्वतन्त्रसहित ११ राजनीतिक पार्टीका उम्मेदवार चुनावी मैदानमा छन् । प्रत्येक उम्मेदवार निर्वाचनमा जित्ने दाबी गर्दै मतदातालाई रिझाउनका लागि मत माग्न व्यस्त देखिन्छन् । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल यस उपनिर्वाचनमा उमेरको आधारमा जेठो छन् । ७४ वर्षीय पौडेलले यो उमेरमा पनि युवाजतिकै खट्नसक्ने र निष्ठाको राजनीति गरिएकाले मतदातासमक्ष आफुलाई जिताउनका लागि आग्रह गरिरहेका छन् । [caption id="attachment_77883" align="alignnone" width="1800"] तस्बिर: कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली काङग्रेसका उम्मेदवार खेमराज पौडेल मंगलबार पोखराको पृथ्वीचोक क्षेत्रमा घरदैलो कार्यक्रममा ।[/caption] नेकपाका उम्मेदवार विद्या भट्टराई स्व रवीन्द्र अधिकारीको सपनालाई पूरा गर्न र विकास निर्माणको कार्यलाई प्राथमिकता राख्ने वाचाका साथ मतदातालाई आकर्षित पार्नका लागि मतदातालाई आफ्नो पक्षमा पार्न जुटेकी छिन् ।   [caption id="attachment_77919" align="aligncenter" width="1800"] तस्वीर:प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विद्या भट्टराई अधिकारी मंगलबार छोरेपाटनमा आयोजित कोण सभालाई सम्बोधन गर्दै ।[/caption] राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोमबहादुर भण्डारीले यो उपनिर्वाचनमा नेकपा हारे पनि सरकारलाई कुनै असर नपर्ने, कांग्रेस जिते पनि सरकारमा पुग्न नसक्ने भएकाले सनातन धर्मका लागि आवाज उठाउँदै आइरहेको राप्रपाको उम्मेदवारको रूपमा आफुलाई जिताउनतर्फ लाग्न मतदातालाई आग्रह गरिरहेका छन् । समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङ लामो समयदेखि नेकपा र नेपाली कांग्रेसले मुलुकमा शासन चलाएको भए पनि कास्कीमा सो अनुरूपको विकास नभएको अवस्थामा आफुलाई जिताएमा कास्की क्षेत्र नं–२ मा विकासका कार्यलाई तीव्रता दिने दाबीका साथ मतदाताबीच पुगेका छन् । साझा पार्टीका उम्मेदवार रजनी केसी नेकपा र नेपाली कांग्रेसले जनताको वाचा पूरा नगरेको र मुलुकमा भ्रष्टचार मौलाएको भन्दै आफुलाई जिताएमा जनताबीच गरिएको वाचा पूरा गर्ने भनेर मत माग्न व्यस्त भएको देखिन्छ । [caption id="attachment_77920" align="aligncenter" width="960"] तस्बिर: साझा पार्टीकी उम्मेदवार रजनी केसीसंग रबिन्द्र मिश्र[/caption] यसका साथै, नेपाली कांग्रेस (बिपी)बाट चन्द्रबहादुर रानाभाट, नेपाल कम्युनिष्ट पार्टी (माले)बाट टेकनाथ भण्डारी, मङ्गोल नेशनल अर्गनाइजेशनबाट रियाज गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, देशभक्त समाज पार्टीबाट वीरबहादुर विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)बाट श्रीमती गङ्गा मल्ल आ–आफ्ना चुनाव प्रचारप्रसारलाई तीव्रता दिनुका साथै निर्वाचनको परिणाम आफ्नै पोल्टामा पर्ने विश्वासका मत माग्न व्यस्त रहेको देखिन्छन् । यसका साथै स्वतन्त्ररूपमा चुनावी मैदानमा उत्रेएका उमानाथ गौतम, कमलजङ्ग कुँवर, जमुना शर्मा, दीपक रेग्मी, नवराज बाँस्तोला, यज्ञप्रसाद पङ्गेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला र सुनिल भुषाल आ–आफ्ना चुनाव चिह्नका साथ मतदाताको घरदैलोमा पुगिररहेका छन् । कास्की क्षेत्र नं–२ मा ७१ हजार ८७१ मतदाता छन् । पोखरा महानगरपालिकाको ११ वटा वडा यस निर्वाचन क्षेत्रअन्तर्गत पर्दछ । नगरपालिकाका वडा नं–४,७, ८, ९, ११, १५, १६,१७, २०, २१ र ३३ उक्त निर्वाचन क्षेत्रमा पर्दछन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update