हिमाल दैनिक
भरतपोखरीमा सेवा सुविधा पु-याउने खेमराजको प्रतिबद्धता
kemraj poudel
यही मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले पोखराको पृथ्वीचोक, महेन्द्रपुल जस्ता स्थानमा भएका सेवा सुविधा भरतपोखरीका जनताले पनि पाउनुपर्ने बताएका छन् । चुनाव प्रचारप्रसार कार्यक्रमअन्तर्गत आज पोखरा महानगरपालिका–३३ भरतपोखरीको लामगादीमा आयोजित घरदैलो एवं कोणसभामा उनले भरतपोखरीलाई महानगरमा मात्रै समेट्नु ठूलो कुरा नभएकाले महानगरवासीले पाउने सेवा सुविधा यहाँका जनताले पाउनुपर्ने बताए। महानगरअन्तर्गतका सुविधा सम्पन्न शहरमा जस्तै यहाँका जनतालाई पनि महानगरको अनुभूति हुने गरी विकासका पूर्वाधार तयार गर्न आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले बताए । नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष कोपिला रानाभाटले लोकतन्त्रका साथै धर्म, संस्कार र संस्कृतिको रक्षा काङ्ग्रेसले गर्ने उल्लेख गर्दै पौडेललाई मतदान गर्न आग्रह गरे । नेपाली काङ्ग्रेस वडा नं ३३ का सहसंयोजक दीनेश आचार्य, काङ्ग्रेस नेता राजु थापा लगायतले वर्तमान सरकारलाई सही बाटोमा डो-याउनका लागि पनि काङ्ग्रेसले जित्नु आवश्यक भएको धारणा राखे।
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update