हिमाल दैनिक
उप-निर्वाचन:कास्कीमा २५ जनाले दिए उम्मेदवारी (नामावली सहित)
kaski-election-list-01
मङ्सिर १४ गते हुन लागेको उप-निर्वाचनमा कास्कीको निर्वाचन क्षेत्र-२ को प्रतिनिधिसभा सदस्यका लागि कुल २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगले बिहिबार उम्मेदवारको मनोनयन दर्तामा १४ दल र ११ स्वतन्त्रसहित २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का तर्फ बाट बिद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी छिन्। त्यस्तै नेपाली कांग्रेसका तर्फबाट खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका थिए। समाजवादी दलका तर्फबाट धर्मराज गुरुङ, साझा पार्टीका तर्फबाट रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रोमबहादुर भण्डारीको उम्मेदवारी परेको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माले)का तर्फबाट टेकनाथ भण्डारी, नेपाली काङ्ग्रेस विपीका तर्फबाट चन्द्रबहादुर रानाभाट, राष्टिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट गङ्गा मल्लले उम्मेदवारी दिएका छन् । त्यस्तै स्वतन्त्रबाट उमानाथ गौतम, कमलजङ्ग कुँवर, जमुना शर्मा, दीपक रेग्मी, नवराज बाँस्तोला, पुरुषोत्तम खनाल, यज्ञप्रसाद पगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनिलबहादुर कोइराला तथा सुनिल भुसालले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ । नामावली:  
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update