हिमाल दैनिक
कास्कीमा कांग्रेसको तर्फबाट खेमराज पौडेल
khem raj poudel
मङ्सिर १४ गते हुन लागेको उप-निर्वाचनमा कास्कीको निर्वाचन क्षेत्र-२ को प्रतिनिधिसभा सदस्यका लागि नेपली कांग्रेसको तर्फबाट खेमराज पौडेलले आफ्नो उम्मेदवार दिएका छन्। बिहीबार उम्मेदवारको मनोनयन दिन पौडेल सहित नेपाली काँग्रेसका उप-सभापति बिमलेन्द्र निधि, पूर्वमन्त्री यज्ञबहादुर थापा लगायतका नेताहरु तथा कार्यकर्ताहरु -याली सहित कास्कीको निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। पौडेलका लागि सोभियतबहादुर अधिकारी प्रस्तावक र देवराज चालिसे समर्थक रहेका छन्। छ दशक लामो राजिनितीमा होमिएका पौडेलको अहिलेसम्म उचित मूल्यांकन हुन नसके थिएन। यस अघि नै नेकपाका तर्फबाट पूर्व पर्यटनमन्त्री रबिन्द्र अधिकारीकी धर्मपत्नीले आफ्नो उम्मेदवार दिएकी थिइन् भने साझा पार्टीबाट रजनी केसी, बिबेकशील बाट जमुना शर्मा,देशभक्त समाज पार्टीबाट बिर बहादुर बिक, राप्रपाबाट रोमबहादुर भण्डारी, स्वतन्त्रमा कमलजंग कुँवर लगायतकाले आजै निर्वाचन कार्यालय पुगी आ-आफ्नो उम्मेदवारी दिएका छन्।
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update