धरान- ७ मा नेकपाका उम्मेदवार १ मतको अन्तरले बिजयी भएका छन्। रिक्त रहेको अध्यक्ष पदको लागि शनिबार भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार जीवन सुबेदी १ मतको अन्तरले विजय भएका हुन्।
सोमबार बिहानको मतगणना अनुसार सुबेदीले उनको प्रतिद्वन्दि नेपाली कांग्रेसका उम्मद्वार सुवर्ण पलिखेभन्दा एक मत बढी ल्याएका थिए।
चुनाब जितेको भन्दै माला लागएका पलिखे जीतको खुसि मनाउदै गर्दा भित्र सुबेदीले एक मत बिजयी भएको घोषणा गरेपछि स्थिति तनाब पूर्ण बन्यो। उक्त बिषयलाई लिएर नेपाली कांग्रेसले पुन: मतगणना हुनुपर्ने माग गरे।
बदर भएको दुई मत सदर गरेर नेकपाको खातामा दिएको भन्दै कांग्रेस पक्षले बिरोध जनाएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसका पलिखेले छ सय २१ मत ल्याएका छन् भने नेकपाका सुबेदी उनि भन्दा एक मत बढी पाएका छन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय