
संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाको विजयी भएका छ। शनिबार मकालु गाउँपालिका अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका तेजबहादुर पोखरेलले ३ हजार १८ मत ल्याएर विजयी भएका हुन्।
त्यसतै उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार विमन पराजुलीले २ हजार २१६ मत ल्याएका थिए भने समाजवादी पार्टीका नुर्वु शेर्पाले २२९ मत ल्याए। बाँकी राप्रपा संयुक्त, राष्ट्रिय जनमुक्ति, राप्रपा, संघीय लोकतान्त्रिक मञ्च जस्ता पार्टीका उम्मेदवारहरुले भने दोहोरो अङ्क कटाउने असक्षम भए।
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय