भक्तपुर क्षेत्र नं १ मा प्रदेशसभा सदस्यका लागि हिजो भएको निर्वाचनमा नेपाली कांग्रेसका कृष्णलाल भडेलले अग्रता लिएका छन्।
बिहान ९ बजे सम्मको मत गणना अनुसार भडेल २ हजार ४ सय ३६ मत अन्तरले अगाडी छन्।अहिलेसम्म चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मत गणना अनुसार भडेलले १० हजार ३ सय मतले अगाडी छन् भने उनलाई पछ्याउदै नेकपाका उम्मेदवार डीपी ढकालले ७ हजार ९ सय ५९ मत पाएका छन्।
त्यस्तै नेमकिपाका उम्मेदवार निरज लवजुले २ हजार २ सय ४७ मत पाएका छन्। कूल मतदाता ४५ हजार १५ मध्ये हिजो भएको निर्वाचनमा जम्मा ३२ हजार ३७ मत खसेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६