गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ६ रिमुवामा नेकपाका उम्मेदवार गिरिप्रसाद सिंजाली निर्वाचित भएका छन्।
रिक्त रहेको अध्यक्ष पदका लागि हिजो भएको उपनिर्वाचनमा सिंजालीले ७८ मतको अन्तरले जित हासिल गरेका छन्।
सिंजालीले ८०२ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार बेदप्रसाद दर्लामीले भने ७२७ मत ल्याएका थिए।त्यस्तै स्वतन्त्र उम्मेदवार मनबहादुर दर्लामीले भने जम्मा १ मत मात्र पाएका थिए।
कुल २ हजार ४८ मतदाता मध्य जम्म १५ सय ४४ मत खसेका थिए भने १४ मत बदर भएको छ।
निर्वाचन अपडेट:
- धुलिखेल-२ नेकपाका कोइराला बिजयी
- चितवनको दुवै वडामा कांग्रेस बिजयी
- धनपालथान-२, मोरङमा कांग्रेस विजयी, तोडियो एमाले किल्ला
- वडा अध्यक्षमा कुन पार्टी कति ठाउँमा विजयी? (सूचीसहित)
- नेकपाको पकड भक्तपुरबाट खुस्किँदै, भडेल २३ सय मतले अगाडि
- कास्कीमा विद्या भट्टराईको अग्रता, भक्तपुरमा कांग्रेसका भडेल जित नजिक
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय