काभ्रे धुलिखेल वडा नं २ मा भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार देव प्रसाद कोईराला बिजयी भएका छन्।हिजो भएको निर्वाचनमा कोइराला ८ सय ६७ मतले बिजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दर्णबहादुर खत्रीले भने ५ सय ८२ मत ल्याएका थिए।
धुलिखेल नगरपालिका वडा नं। २ मा एक हजार ८ सय ७७ जना मतदाता थिए। राजपाका उम्मेदवारले १५ मत, संयुक्त राप्रपाका उम्मेदवारले ६ मत ल्याएका थिए जसमा ३२ मत बदर भएको छ।
निर्वाचन अपडेट:
- गुल्मी-६ मा नेकपाका उम्मेदवार सिंजाली बिजयी
- चितवनको दुवै वडामा कांग्रेस बिजयी
- धनपालथान-२, मोरङमा कांग्रेस विजयी, तोडियो एमाले किल्ला
- वडा अध्यक्षमा कुन पार्टी कति ठाउँमा विजयी? (सूचीसहित)
- नेकपाको पकड भक्तपुरबाट खुस्किँदै, भडेल २३ सय मतले अगाडि
- कास्कीमा विद्या भट्टराईको अग्रता, भक्तपुरमा कांग्रेसका भडेल जित नजिक
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय