दाङ घोराही उपमहानगरपालिका वडा न १६ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस बिजयी भएको छ। शनिबार भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका ताराबहादुर डागी १२ सय २२ मत ल्याएर विजयी भएका हुन्।
त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुरेश बहादुर केसीले भने १११७ मत ल्याएका थिए।
हिजो भएको निर्वाचनमा ४ हजार ४ सय ५३ मतदातामध्ये ३ हजार दुई सय २६ जनाले मतदान मतदान गरेका थिए जसमा ६८ मत बदर भएको थियो।
निर्वाचन अपडेट:
- चितवनको दुवै वडामा कांग्रेस बिजयी
- धनपालथान-२, मोरङमा कांग्रेस विजयी, तोडियो एमाले किल्ला
- वडा अध्यक्षमा कुन पार्टी कति ठाउँमा विजयी? (सूचीसहित)
- नेकपाको पकड भक्तपुरबाट खुस्किँदै, भडेल २३ सय मतले अगाडि
- कास्कीमा विद्या भट्टराईको अग्रता, भक्तपुरमा कांग्रेसका भडेल जित नजिक
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय