भक्तपुर १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका कृष्णलाल भडेलले नेकपा उम्मेदवारलाई २३सय भन्दा बढि मतले पछि पार्दै आफ्नो जित बलियो बनाएका छन्।
अहिलेसम्म गणना भएको चाँगुनारायण नगरपालिकाको १ देखि ६ वडा सम्मको मतगणनामा भडेलले ९ हजार ९५ मत प्राप्त गरेका छन् भने उनलाई नेकपाका उम्मेदवारले ६ हजार ७ सय ८३ र नेमकिपाले २६ सय ६४ तथा साझा पार्टीले २४८ मत प्राप्त गरेका छन्।
उक्त क्षेत्रमा शनिबार करिब ३२ हजार मत खसेको थियो।
यस क्षेत्रमा पहिले नेकपाका उम्मेदवारले बाजी मारेको थियो।
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय