आज भइरहेको निर्वाचनमा मतदातालाई प्रभावित पार्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार विद्या भट्टराईका कार्यकर्ताले कास्की २ को वडा नम्बर २१ मा लगेको चामलसहितको गाडी पक्रिएर प्रहरी प्रशासनलाई बुझाएको विषयमा रेसुङ्गा ट्रेडर्सले खण्डन गरेको छ।
शुक्रबार राती चामलसहितको गाडी २१ नम्बर वडातर्फ जाँदै गर्दा नेपाली कांग्रेसका कार्यकर्ता गुरु बरालसहितको टोलीले फेला पार्दै प्रहरी प्रशासनलाई बुझाएको समाचार प्रकाशित भएको थियो।
उक्त समाचारको खण्डन गर्दै रेसुङ्गा ट्रेडर्सका रामप्रसाद पराजुलीले आफ्नो पसलबाट कमल खत्रीको स्टोर्समा विल काटेर पठाएको चामल चुनावमा मतदातालाई वितरणका लागि पठाएको भनि हल्ला चलाइएको दाबी गरेका छन्।
उनले जारी गरेको खण्डनमा ग १ च १३६० नम्बरको गाडीबाट पठाएको भनेपनि घटनास्थलमा फेला परेको गाडीको नम्बर ग २ च १३६० रहेको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय