हिमाल दैनिक
कास्की क्षेत्र न-२ मा तीन मतदान स्थलमा बम विस्फोट भएको छ। शनिबार बिहान ७ बजे देखि सुरु भएको मतदान, पोखरा ९ नयाँबजार स्थित नवप्रभात मावि मतदान केन्द्रभित्रै बम बिस्फोट भएको छ। बम बिस्फोट भएपछि केहि बेर मतदान केन्द्रमा भागदौड मच्चिएको थियो। उक्त स्थानमा २० मिनेटका लागि मतदान रोकिएको थियो। त्यस्तै पोखरा १६ अर्मला र वडा नं. ३३ भारत पोखरीमा पनि बम बिस्फोट भएको जानकारी आएको छ। तीन स्थलमा बम बिस्फोट भएपनि मानबिय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ। केहि बेर मतदान रोकिएपनि अहिले मतदान सुरु भईसकेको र मतदाताको भीड बढ्ने क्रम बढ्दै गएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update