हिमाल दैनिक
भक्तपुरमा कांग्रेस उम्मेदवार भंडेललाई मातृशोक
75231761_2683478065024621_8097022219302993920_o
नेपाली कांग्रेस भक्तपुरका निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्यका उम्मेदवार कृष्णलाल भंडेललाई मातृशोक परेको छ। आसन्न मंसिर १४ गते हुन लागिरहेको निर्वाचन प्रचार प्रसारकोबीचमा आइतबार बिहान उम्ेमदवार भंडेलकी ८४ वर्षीय आमा सेतीमायाँको मध्यपुर ठिमी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बतायो। भंडेलकी आमाको आजै पशुपति आर्र्यघाटमा परम्परा अनुसार दाहसंस्कार र अत्यष्टि गरिएको छ। चुनावी मैदानमा प्रचार प्रसारका लागि घरदैली तथा कोणसभामा व्यस्त रहँदै आएका भंडेलकी आमाको निधन पश्चात उनको तत्कालका निर्वाचन सम्बन्धी प्रचार प्रसार कार्यक्रम स्थगित भएको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update