हिमाल दैनिक
मङ्सिर १४ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुदैछ। निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारहरुले आज बिहान १० बजे देखि दिउसो १ बजे सम्म निर्वाचन अधिकृतको कार्यालयमा गई आफ्नो मनोनयन दर्ता गर्नुपर्ने जनाएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाका लागि कार्तिक २१ गते मनोनयन दर्ताको कार्यक्रम संचालन गरेको थियो। सोहि अनुरुप आयोगले प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवारहरुलाई मतदान चिन्ह पनि वितरण गरिसकेको छ। स्थानीय तहमा एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षका स्थान रिक्त ठाउँमा उपनिर्वाचन हुन लागेको हो। मनोनयन दर्ता छुटै-छुटै भएपनि मङ्सिर १४ गते हुन लागेको उप निर्वाचनमा भने ३७ जिल्लामा तिनै तहमा निर्वाचन हुनेछ। उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ पदका लागि निर्वाचन हुन लागेको हो।
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update