हिमाल दैनिक
नेपाली काँग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचन अनुगमन गर्न“अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६” को गठन गरेको छ । केन्द्रिय सदस्य रमेश लेखकको संयोजकत्वमा बनेको अनुगमन तथा निर्वाचन आयोग समन्वय समितिले निर्वाचन स्वतन्त्र, निष्पक्ष, धांधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न भए नभएको अनुगमन गर्ने प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ। समितिको सदस्यमा केन्द्रीय सदस्य सीता गुरुङ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचचन समितिका सदस्य सीताराम केसी, अधिवक्ता तेज रावल र सदस्य सचिवमा अधिवक्ता केशव रिजाल रहेका छन्। समितिले निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको, सुरक्षा व्यवस्था हेरी निर्वाचन आयोग र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने छ। विज्ञप्तिमा समितिले उपनिर्वाचनको क्रममा पार्टीको उम्मेदवार, निकाय र सदस्यहरुबाट निर्वाचन कानुन र आचारसंहिता र पार्टी विधानको परिपालना हुने अवस्था सुनिश्चित गर्ने र अन्य पार्टी वा उम्मेदवारबाट निर्वाचन सम्बन्धी कानुन वा आचारसंहिता उल्लंघन भएमा उचित कानुनी कारवाहीका लागि आवश्यक प्रक्रिया अपनाउने जानकारी दिएको छ। त्यस्तै उपनिर्वाचन हुने सबै जिल्लामा पार्टीको स्थानीय तहमा अनुगमन तथा स्थानीय निर्वाचन कार्यालय समन्वय समिति गठन गर्ने भएको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update